राजस्व चुहावटको आशंकामा विराटनगरबाट २ वटा ट्रक नियन्त्रण

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ८, मंगलबार १७:५८

विराटनगर । विराटनगर भन्सार कार्यालयबाट सामान जाँचपास गराएर छुटेका २ वटा ट्रकलाई मोरङ प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ ।

राजस्व चुहाव गरिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको इन्सपेक्टर सरोज खनाल नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१४ बाट ट्रकसहित चालकलाई बिहान १० बजेतिर नियन्त्रणमा लिएको हो । प्रहरीले प्रदेश १–०२–००२ ख ०४१६ ट्रकसहित चालक विराटनगर–१९ का २९ वर्षीय ललित सरदार तथा ना ४ ख ८८७४ नम्बरको ट्रकसहित चालक मोरङको कानेपोखरी गाउँपालिका–५ का ४६ वर्षीय दुखनलाल चौधरीलाई नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार राजस्व चुहावट गरेको विशेष सूचनाका आधारमा सामान लोड गरिएका २ वटा ट्रक र चालकलाई नियन्त्रणमा लिइएको हो । ट्रक भारतबाट सामान लिएर नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ । दुवै ट्रक विराटनगर भन्सार कार्यालयमा सोमबार जाँचपास गराएर छुटेका थिए ।

प्रज्ञापन पत्रमा उल्लेख गरिएको भन्दा बढी सामान ट्रकमा रहेको र भन्सार मूल्यांकन कम गरिएको आशंका छ । १ करोड ३५ लाख रूपैयाँ राजस्व चुहावट भएको सूचना प्रहरीलाई आएको थियो ।

नियन्त्रणमा लिइएका ट्रक र चालकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको एसपी कार्कीले बताए । कार्यालयका अनुसन्धान अधिकृत सरोज कोइरालाका अनुसार ट्रकमा घरेलु तथा कृषिजन्य सामग्री छन् ।

भन्सार एजेन्ट अरुण खेतानमार्फत दुवै ट्रकको जाँचपास गराइएको कोइरालाले बताए । ‘भन्सार मूल्यांकन कम रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर राजस्वलाई बुझाएको छ,’ उनले भने, ‘एउटै प्रज्ञापन पत्रमार्फत दुवै ट्रकको जाँचपास गराइएको छ ।’

सामानको आयातकर्ता कम्पनी विराटनगरको बागमती इन्टरप्राइजेज रहेको कोइरालाले बताए । बागमती इन्टरप्राइजेजका संचालक लक्ष्मीकुमार राठी हुन् । राजस्वका अनुसन्धान अधिकृत कोइरालाले जाँचपासका क्रममा राजस्व चुहावट गरिएको छ कि छैन भनेर अनुसन्धानपछि यकिन हुने बताए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.