
काठमाडौं । एएफसी यु–२० एसियन कप छनोटमा फराकिलो गोलसंख्यामा उज्वेकिस्तानले नेपाललाई हराएको छ ।
उज्वेकिस्तानसँग ६–० को फराकिलो गोल अन्तरमा नेपाल पराजित भएको हो ।
नेपालको दोस्रो हारसँग छनोटको सम्भावना अत्यन्त न्यून बन्दै गएको छ ।
उज्वेकिस्तानले २ खेलबाट ६ अंक जोडेको छ । नेपालले ३ खेलबाट मात्र ३ अंक बनाएको छ ।
नेपाल पहिलो खेलमा क्याम्बोडियासँग ४–१ ले हार्दा दोस्रो खेलमा चाइनिज ताइपेइलाई ३–१ ले हराएको थियो ।
अब नेपालले समूह चरणको अन्तिम खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।



















