संकटा उपाधिनजिक

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ९, बुधबार २०:५१

विराटनगर । मोरङको पथरीशनिश्चेरमा जारी प्रथम इन्ट्रा पथरीशनिश्चरे अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको फाइनलमा काठमाडौंको संकटा फुटबल क्लब पुगेको छ ।

प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा संकटाले आयोजनक पथरी ११ फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ गोलमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

संकटाले उपाधिका लागि बिहीबार झापा ११ फुटबल क्लब र काठमाडौंको ब्रिगेड ब्याइज फुटबल क्लबबीचको विजेतासँग खेल्ने छ ।

खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरीमा खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।

संकटाका लागि कृपा चौधरीले गरेका थिए भने आयोजकका लागि विवेक पौडेलले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक निशान रानाले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.