
काठमाडौं । ललितपुरमा प्रथम झापा एक–काठमाडौं कप फुटसल प्रतियोगिता हुने भएको छ ।
ललितपुरको जावलाखेलस्थित डिएभी स्कुलमा असोजक १२ गते शनिबार झापा घर भई काठडमाडौं बस्दै आएका ३० वर्षमुनिका खेलाडीबीच प्रतिस्पार्धा हुनेछ ।
दसै, तिहार, नेपाल सम्बत र छठ पर्वको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले झापा १ संघीय सांसद सचिवालय र नेपाली काँग्रेस झापा १– काठमाडौं सम्पर्क समितिले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
झापाबाट काठमाडौं आएर व्यापार, व्यवसाय गर्ने, कर्मचारी, नेता र विद्यार्थीलगायतलाई लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।
फुटसल प्रतियोगितामा झापा क्षेत्र नं. १ का ७ वटा टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
जसमा साविकका गाविस शान्तिनगर, बाहुनडाँगी, धाइजन, मेचिनगर, ज्यामिरगढी, दुहागडी र चन्द्रगढीबीच खेल हुँदैछ ।
प्रतियोगितामा विजेताले नगद २१ हजार, उपविजेताले नगद ११ हजारसहित ट्रफी र सम्मानपत्र प्राप्त गर्ने झापा १– काठमाडौं सम्पर्क समितिका प्रमुख प्रज्ज्वल कोइरालाले जानकारी दिए ।
त्यस, अवसरमा झापाका राजनैतिक दलका नेता भर्सेस झापाका कलाकारवीच मैत्रीपूर्ण खेल हुनेछ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले नेता अग्नि खरेल, एलपी साँवासहितका नेता मैदान उत्रने छन् भने कलाकारका तफबवाट सीताराम कट्टेल, प्रमोद खरेल, एलिना चौहान, विलसन विक्रम राई, टीका भण्डारीलगायत खेल्ने छन् ।



















