एन्फा महिला लिगमा कोशी प्रदेश दोस्रो चरणमा प्रवेश

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १०, बिहीबार १८:४५

काठमाडौं । काठमाडौंमा जारी एन्फा महिला लिगमा कोशी प्रदेश र वालिङ नगरपालिका दोस्रो चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४–० गोलले पराजित गरेको हो ।

कोशीका लागि समिक्षा मगरले २ गोल, ममता राउत र कुस्मा राईलेले समान १–१ गोल गरे ।

९ खेलबाट १४ अंकका साथ कोशी प्रदेश पाँचौं स्थानमा पर्न सफल भएको छ । अंकविहीन हुँदै सुदूरपश्चिम पहिलो चरणबाट बाहिरियो ।

त्यस्तै, अर्को खेलमा वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई २–१ गोल अन्तरमा पराजित गर्दै अंक तालिकामा चौथो हुँदै दोस्रो चरणमा स्थान ओगटेको छ ।

वालिङका लागि सुक्रिया मिया र ज्याकलिन नसालीले गोल गरे । सुनिता सुनारले चन्द्रपुरका लागि गोल गरिन् ।

वालिङले ९ खेलबाट १५ अंक बनायो भने समान खेलबाट चन्द्रपुरले ८ अंक मात्रै बनाउँदै पहिलो चरणबाट बाहिरियो ।

यसअघि नै विभागीय टोली नेपाल पुलिस, त्रिभूवन आर्मी र एपिएफ दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.