
काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश गरेको छ ।
एपिएफले लिगको पहिलो चरणका खेलमा अपराजित यात्रा कायम राख्दै अंक तालिकमा शीर्ष स्थान बनाउन सफल भयो ।
प्रतियोगिताअन्तर्गत शुक्रबार भएको लिगको पहिलो चरणको अन्तिम खेलमा एपिएफले बागमती प्रदेशलाई ७–० गोलको भारी अन्तरमा पराजित गरेको हो ।
एपिएफकी रश्मीकुमारी घिसिङले ४ गोल, अनिता बस्नेत र सविता रानामगरले १–१ गोल गरे भने बागमतीले एक गोल आत्मघाती गरेको थियो ।
एपिएफ ९ खेलबाट २५ अंक भयो । ९ खेलबाट १० अंक बनाएको बागामती छैठौं हुँदै पहिलो चरणबाट बाहिरिएको छ ।
एपिएफसहित त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका र कोशी प्रदेशले दोस्रो चरण गरेका छन् ।
एन्फाको आयोजनामा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।



















