खेलाडीको सम्झनामा श्रद्धाञ्जली सभा

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १५, मंगलबार १३:४८

विराटनगर । पहिरोमा परेर ज्यान गुमाएका एन्फा युथ–१४ का ६ जना खेलाडीको सम्झनामा विराटनगरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

विराटनगरस्थित सहिदमैदानमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा कोशी प्रदेशका सांसद तथा विराटनगर महानगरका पूर्वमेयर भीम पराजुलीले मकवानपुरस्थित सिस्नेरी टेकरस्थित वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रमा रहेका युवा खेलाडीको मृत्युले राज्यलाई क्षति पुर्याएको बताए ।

प्राकृतिक विपद्मा राष्ट्रिय गहनाका रुपमा रहेका खेलाडीको मृत्युले सम्पूर्ण खेल क्षेत्रलाई नै स्तब्ध बनाएको बताउँदै सांसद पराजुलीले मृतकका परिवारलाई सरकारले उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले बाढी, पहिरो एवं डुबानका कारण मृत्यु भएका र घाइते भएकालाई सरकारले तत्काल राहत उपलब्ध गराउनु पर्ने बताए ।

मकवानपुरस्थित इन्द्रसरोवर गाँउपालिकास्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षितस्थलतर्फ जाने क्रममा दिवस बानिया, प्रियन्स आचार्य, अनुपम घलान, साइमन योञ्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको पहिरोमा परेर मृत्यु भएको थियो । विराटनगरका खेलप्रेमीद्धारा आयोजना गरिएको श्रद्धाञ्जली सभामा खेलाडी, विभिन्न खेलसँग आवद्ध व्यक्तित्व, खेलकुदका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.