
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग जिल्ला अदालत काठमाडौंले धरौटीबापत १ लाख रूपैयाँ माग गरेको छ ।
न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले धरौटीबापतको रकम लिएर प्रसाईंलाई छाड्न मंगलबार आदेश दिएको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको २ वटा कसुरमा अभियोग दायर भएको थियो ।
दुवै कसुरमा १ साथ थुनछेक बहस भयो । वादी नेपाल सरकार र प्रतिवादीबीचका कानुन व्यवसायीबीच थुनछेक बहस सकिएपछि अदालतले उनलाई धरौटीबापतको रकम लिएर छाड्न आदेश दिएको हो ।
नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेपछि उनी पक्राउ परेका थिए । विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजायको मागदाबीसहित प्रसाईंविरुद्ध मुद्दा दायर भएको थियो ।

























