
काठमाडौं । नेपालमा हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सहभागी हुन विदेशी टोली नेपाल आउने क्रम जारी छ ।
प्रतियोगिताका लागि बुधबार थप ५ राष्ट्रका खेलाडी नेपाल आइपुगेको नेपाल रग्बी संघले जनाएको छ ।
पाकिस्तानको पुरुष, भारतको पुरुष÷महिला, इन्डोनेसियाको महिला, काजाकिस्तानको पुरुष र ग्वामको महिला टोली नेपाल आइपुगेका हुन् ।
यो टोलीसहित नेपाल आइपुग्ने विदेशी टोलीको संख्या ८ पुगेको छ । मंगलबार अफ्गानिस्तान, चाइनिज ताइपेई र फिलिपिन्स टोली आएका थिए ।
एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।
यो एसियाकै ठूलो रग्बी प्रतियोगिता रहेको रग्बी संघले जनाएको छ ।



















