साफ महिला च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १, बिहीबार २०:२३

काठमाडौं । ७ औं दक्षिण एसियाली फुटबल महासंघ (साफ)महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भारत विजयी भएको छ ।

काठमाडौंमा आजदेखि सुरु भएको साफ महिला प्रतियोगितामा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरमा हराउँदै विजयी सुरुवात गरेको हो । जितसँगै भारतले ३ अंक जोडेको छ ।

पहिलो हाफमा ४–१ गोलको अग्रतामा रहेको भारत दोस्रो हाफमा सुस्त सुरुवात गर्दा दबाबमा परेको थियो ।

पाकिस्तानले दोस्रो हाफको सुरुवातमा नै अर्काे गोल थपेपछि लगातार दबाब कायम गरे पनि गोल संख्या बढाउन नसक्दा पाकिस्तान खेलमा फर्कन सकेन ।

भारतका लागि ग्रेस दाङमेइले २ गोल, मनिषा, बाला देवी र ज्योति चौहानले सामान १–१ गोल गरेका थिए । पाकिस्तानका लागि सुहा हिरानी र कायला सिद्दिकीले गोल गरे ।

भारत महिला साफको ५ पटकको विजेता हो भने पाकिस्तानले अहिलेसम्म फाइनलमा स्थान बनाउन सकेको छैन ।

नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो खेल माल्दिभ्स र श्रीलंका तथा दोस्रो खेल नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.