अन्तिम २ ओभरमा ५ विकेट गुमाउँदा नेपालले अमेरिकालाई दियो मध्ययम लक्ष्य

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २, शुक्रबार ०७:४४

विराटनगर । अमेरिकासँगको पहिलो टी– २० आई खेलमा नेपालले घरेलु टोलीलाई १६५ रनको मध्यम लक्ष्य दिएको छ ।

ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनायो । नेपालले अन्तिम २ ओभरमा ५ विकेट गुमाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाए । दीपेन्द्रले १७ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए । पाँचौं विकेटका लागि दीपेन्द्र र रोहितले ३८ बलमा ६६ रनको साझेदारी गरेका थिए ।

नेपाललाई ओपनर आसिफ शेख र अनिल साहले ५‍.३ ओभरमा ४८ रन जोड्दै मध्यम सुरुवात गरेका थिए । अनिल र आसिफ २७–२७ रनमा आउट भए । गुल्सन झालाई ११ र कुशल भुर्तेलले १० रन जोडे ।

अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । जसदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर २ तथा अली खान र नोष्थुश केंजिगेले १–१ विकेट लिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.