
विराटनगर । लियोनल मेस्सीले ह्याट्रिक गर्दा इन्टर मियामीले न्यु इंग्ल्याण्ड रिभोलुसनमाथि ६–२ को शानदार जित निकालेको छ । आज बिहान फ्लाेरिडामा भएको मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामी शानदार जित निकालेको हो ।
मियामीको जितमा अर्जेन्टीनि स्टार लियोनल मेस्सीले ११ मिनेट भित्र ह्याट्रिक पुरा गरे । उनले ७८, ८१ र ८९ मिनेटमा गोल गरेका हुन् ।
मेस्सीले पाँच दिनको अन्तरमा दोस्रो ह्याट्रिक गरेका हुन् । गत मंगलबार विश्वकप छनोट खेलमा उनले बोलिभियाविरुद्ध अर्जेन्टिनाका लागि ह्याट्रिक गरेका थिए ।
शनिबार राति भएको मियामीको खेलमा लुइस स्वारेजले २ र बेन्जेमिन क्रेमास्चीले १ गोल गरे । पराजित टोलीका लागि लुका लांगोनी र डानिल बोरेरोले गोल गरेका थिए ।



















