
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत आज भएको खेलमा भुटानले श्रीलंकालाई पराजित गरेको छ । श्रीलंकालाई हराउँदै भुटान समूह ‘बी’को अंक तालिकामा शीर्षमा चढेको छ ।
काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा भुटानले श्रीलंकालाई ४–१ को फराकिाले गोल संख्यामा पराजित गर्दै अंक बटुलेको छ । भुटानले २ खेलबाट ४ अंक जोडेको छ । यसअघि घरेलु टोली नेपालसँग गोलरहित बराबरीमा खेलेको थियो ।
श्रीलंकाको २ खेलमा ३ अंक छ भने नेपालको १ खेलमा १ अंक छ । माल्दिभ्स १ खेलमा बिना कुनै अंक पुछारमा छ ।
भुटानका लागि डेकी ल्जोहामले २ गोल, दोर्जी एडेन र नामग्याल डेमाले समान १–१ गरेका थिए । श्रीलंकाका लागि थुशानी मधुशिकाले एक मात्र सान्तवना गोल फर्काइन् ।
त्यसैगरी, आजै अर्को खेल नेपाल र माल्दिभ्सबीच खेल जारी रहेको छ । मध्यान्तरसम्म नेपाल ४ गोल र माल्दिभ्स ० गोलको स्थितिमा खेल्दैछन् ।



















