राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणमा ३६ खेलाडी

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ५, सोमबार १९:२६

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ताजिकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

सोमबार राष्ट्रिय पुरुष फुटबल टोलीका नवनियुक्त अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले ३६ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको एन्फाले जनाएको छ ।

नोभेम्बर ११ देखि १९ को बीचमा मैत्रीपूर्ण खेलका लागि नेपाली टोली ताजिकिस्तान जाने छ ।

पुरुष टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा न्यौपानेलाई एन्फाले सोमबार नै नियुक्त गरेको थियो । प्रारम्भिक नेपाली टोलीमा किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, जियारथ शेख, कृषल मोक्तान, अनन्त तामाङ, छिरिङ लामा, सेमान्त थापा छन् ।

त्यस्तै, रोहित चन्द, विमल पाण्डे, निर्मल घिसिङ, सनिश श्रेष्ठ, विवेक चौधरी, रन्दीप पौडेल, अन्जेल महर्जन, सविन घिमिरे, अभिषेक वाइबा, लाकेन लिम्बू, रोहन कार्की, मणि लामा, उत्सव राई, भरत खवास, कुशल देउवा, एरिक विष्ट, आशिष राई, अभिनाश स्याङ्तान, मनिष डाँगी, आयुष घलान, उज्वल राई, गिलेस्पीजंग कार्की, अन्जन विष्ट, सुमित श्रेष्ठ, सञ्जीव विष्ट, समिर तामाङ, निराजन धामी टोलीमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.