अवैध मदिरा बोकेको पिकअप गाडी प्रहरीको नियन्त्रणमा

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ६, मंगलबार १२:४३

ताप्लेजुङ । अवैध मदिरा बोकेको पिकअप गाडीलाई प्रहरीले सोमबार साँझ ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–१ मेवाखाबाट नियन्त्रणमा लिएको छ ।

मेची राजमार्ग हुँदै अवैध मदिरा ओसारपसार गरिरहेको गाडीलाई प्रहरी चौकी मेवाखाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । इलामको फिक्कलबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे १ च ४२१४ नम्वरको पिकअप गाडीलाई नियन्त्रणमा लिएर २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडीबाट ५० कार्टुन सिक्किमे मदिरा बरामद भएको छ । प्रहरीले गाडी चालक झापाको बुद्धशान्ति गाउँपालिका–३ का सनम राई र अवैध मदिरा ओसारपसारमा संलग्न बुद्धशान्ति–३ का महेन्द्र बर्देवालाई पक्राउ गरेको छ ।

नियन्त्रणमा लिइएको गाडी, बरामद भएको मदिरासहित पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको जानकारी प्रहरीले दिएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.