
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–४ बाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दुहबी र साहेबगन्जबाट खटिएको टोलीले बर्जु–४ का २० वर्षीय शंकर मण्डललाई पक्राउ गरेको हो । मण्डललाई २ सय ९५ किलो गाँजासहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ परेका मण्डलका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























