रवि लामिछानेलाई बुटवल लैजाने तयारी

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १९, सोमबार ११:४९

पोखरा । सहकारी ठगीमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेलाई पोखराबाट बटुवल लैजाने तयारी गरिएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ । त्यही प्रकृतिको अनुसन्धानका लागि उनलाई बुटवल लगिने भएको हो ।

लामिछाने कात्तिक २ गते पक्राउ परेका हुन् । उनलाई हिरासतमा राख्न अदालतले दिएको म्याद कात्तिक १४ गते नै सकिएको थियो । तिहार बिदाका कारण प्रहरीले म्याद थप गर्न पाएको छैन । तर, हिरासतमै राखिएको छ ।

लामिछानेको मंगलबार म्याद थप नभएको अवस्थामा सोही दिन र म्याद थप भएमा छठ पर्वपछि बुटवल लैजाने प्रहरीको तयारी छ । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रा.लिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले लामिछाने, जीबी राईसहित १२ जनालाई पक्राउ गर्न कात्तिक ८ गते नै अनुमति दिएको थियो ।

संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ ।

रुपन्देही प्रहरीले लामिछानेलाई अनुसन्धानका लागि रुपन्देही पठाइदिन कास्की प्रहरीलाई एक साताअघि नै पत्राचार गरेको थियो । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी पनि कास्की प्रहरी हिरासतमा छन् ।

जोशीलाई यसअघि नै बुटवल लगेर बयान लिइएको थियो । अनुसन्धानबाट खुलेअनुसार लामिछानेले २०७७ चैत १८ मा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहास्थित सुप्रिम सहकारीबाट २ करोड ऋण लिएका थिए । सेवा शुल्क कटाएर १ करोड ९६ लाख लगेका लामिछाने त्यतिबेला गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशक थिए ।

त्यस्तै, जोशी २०७७ माघ २९ गते २ करोड ५० लाखमध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैयाँ ऋण लिएका थिए । लामिछाने र जोशी दुवैको नामको रकम गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको अनुसन्धानले देखाएको छ ।

सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राई र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाइएको यस मुद्दामा लामिछानेलाई प्रतिवादी नबनाइएकोमा सहकारी पीडितले प्रश्न उठाएका थिए । त्यतिबेला लामिछाने गृहमन्त्री थिए ।

अहिले भने अनुसन्धान गरेर प्रहरीले लामिछानेविरुद्ध पूरक अभियोगको तयार गरिरहेको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नामको ऋण भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेका हुन् । गुल्मीको मालिका गाउँपालिका–८ का ३० वर्षीय केसी हाल फरार छन् ।

केसीले भौचर सदर गरेपछि रोशनी गुरुङले गोर्खा मिडिया नेटवर्कको बैंक खातामा रकम जम्मा गरेको देखिन्छ । गुरुङ भने अदालतले मागेको धरौटीबापतको रकम बुझाएर छुटिसकेकी छन् ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.