
बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका एक जना निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले ७८ हजार रूपैयाँ घुससहित पक्राउ गरेको थियो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस लिएको पाइएको छ ।
कानुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा घुस रकम बराबरकै बिगो रकम दाबीसहित विशेष अदालतमा मुघा दायर गरिएको छ । आरोप पत्र दायर गरिएसँगै अब विशेषले मुद्दाको टुंगो लगाउने अख्तियारले जनाएको छ ।

























