रवि लामिछाने थप १५ दिन हिरासतमै रहने

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ९, आइतबार १५:१९

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले थप १५ दिन प्रहरी हिरासतमै रहनुपर्ने भएको छ ।

लामिछानेलाई थप १५ दिन हिरासतमै राखेर अनुसन्धान अघि बढाउनका लागि जिल्ला अदालत कास्कीले आइतबार अनुमति दिएको हो । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले थप अनुसन्धानका हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

यसअघि कार्तिक २५ गते अदालतले १३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उनीमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप छ । लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् ।

पोखरा लगेर उनीमाथि अनुसन्धान भइरहेको छ । प्रहरीले लामिछानेविरुद्ध किर्तेसहित संगठित अपराधमा समेत अनुसन्धान गरिरहेको छ ।

कास्की अदालतबाट म्याद थप गरेलगत्तै उनलाई काठमाडौं लैजाने तयारी छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्य सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौं जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ।

लामिछानेका व्यावसायिक साझेदार नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौंमा बयान लिइसकिएको छ । लामिछानेविरुद्ध भने सहकारी ठगीमा चितवनामा समेत उजुरी परेको छ । गोरखा मिडिया नेटवर्कमा देशभरिका ९ वटा सहकारीको रकम अपचलन भएको प्रारम्भिक निष्कर्ष छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.