
काठमाडौं । सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्याप्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
रंग छ्याप्ने विनु यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विनुले आफूमाथि घरेलु हिंसा भएको भन्दै न्यायको माग गर्दै आएकी छन् ।
सर्वोच्चको बोर्डमा कालो रंग छ्यापेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले श्रीमानबाट आफू घरेलु हिंसामा परेको दाबी गर्दै आएकी छन् ।
पक्राउ गरेर उनलाई प्रहरीले सिंहदरबार वृत्तमा लगेको छ । उनले आफू हिंसामा पर्दा पनि न्याय नपाएको भन्दै सर्वोच्चको बोर्डमा कालो रंग छ्यापेकी थिइन् ।

























