
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० पानीपिया जंगलबाट प्रहरीले ३ सय ९ किलो गाँजा बरामद गरेको छ ।
लागुऔषध गाँजा लोड गरिएको स्कारपियो गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालयहरु धरान एवं इटहरीको संयुक्त टोलीले को १ च ७६८९ नम्बरको स्कोरपिओ सोमबार साँझ चेकजाँच गर्दा गाँजा फेला परेको थियो ।
सडकको ‘साइड’मा रोकेर राखिएको स्कोरपिओबाट बोरा र प्लष्टिकमा ‘प्याक’ गरेर राखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । स्कोरपिओ र गाँजा प्रहरीले नियन्त्रणमा लिए पनि चालक फरार छन् । फरार रहेका चालकको खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ ।

























