जहदाबाट १५ किलो गाँजासहित महिला पक्राउ

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १२, बुधबार १९:५१

विराटनगर । मोरङको जहदाबाट लागुऔषध गाँजा १५ किलोग्रामसहित बुधबार साँझ १ जना महिला पक्राउ परेकी छन् ।

घरमा लुकाइछिपाइ राखिएको गाँजासहित जहदा गाउँपालिका–१ की ५० वर्षीया मीरादेवी बैठालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय रानी र बुधनगरको संयुक्त टोलीले साँझ ५ः३० बजेतिर बैठाको घरमा छापा हानेको थियो ।

छापा हान्ने क्रममा १५ किलो गाँजा बरामद भएपछि घरधनी महिलालाई पनि पक्राउ गरिएको जोशीले बताए । उनका अनुसार प्लाष्टिकको बोराभित्र लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको हो ।

बैठलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । यस विषयमा इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.