विकललाई ८ वर्ष कैद, ३ करोड ४२ लाख जरिबाना

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १४, शुक्रबार ०७:०२

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजाय सुनाइएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तुलसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासबाट कैदसँगै पौडेललाई ३ करोड ४२ लाख जरिबाना हुने फैसला भएको हो । बिगोबापत पनि ३ करोड ४२ लाख तिर्नुपर्ने हुन्छ ।

पौडेल कात्तिक १४ गते दोषी ठहर भएका थिए । सजाय निर्धारण गरेर  उनले भुक्तान गर्नुपर्ने कैद र जरिबाना यकिन गरिएको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई पनि ८ वर्ष कैद, त्यति नै बिगो र जरिबानाको फैसला भएको छ । अन्तःशुल्क स्टिकर खरिद अनियमितता प्रकरणका आरोपीहरु दोषी ठहर भएका हुन् ।

पौडेलसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादी बनाइएकामध्ये निवर्तमान मुख्यसचिव डा. बैकुण्ड अर्याललगायतले यो मुद्दामा
सफाइ पाएका छन् ।

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.