
विराटनगर । मोरङमा सुनका गहना भन्दै पहेँलो धातु देखाएर ठगी गर्ने गिरोह पक्राउ परेको छ ।
पहेँलो धातुलाई सुन भन्दै सर्वसाधारणमाथि ठगी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार यो गिरोहले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा ठगी गरेको पाइएको छ ।
‘ठगीमा पर्नेको संख्या ठूलो छ । पीडितहरुबाट जाहेरी परेको आधारमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने । जोशीका अनुसार सुनभन्दै पहेँलो धातु दिएर सर्वसाधारणबाट रकम ठगी गर्ने गरेको पत्ता लागेको छ । ।
नक्कली सुनसहित पक्राउ परेको गिरोहका बारेमा मोरङ प्रहरीले सोमबार अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने भएको छ ।

























