
विराटनगर । मोरङको सुनवर्षीबाट मंगलबार दिउँसो भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनवर्षी नगरपालिका–७ बरडंगाका ओमप्रकाश यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवको घरमा अवैध हतियार लुकाइछिपाइ राखिएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले दिउँसो १२ः१५ बजेतिर छापा हानेको थियो ।
त्यस क्रममा यादवको घरमा भरुवा बन्दुक फेला परेको हो । बन्दुकसहित यादवलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

























