इटहरीमा भेटिएको शंकास्पद बस्तु डिस्पोज

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १६, मंगलबार १०:३९

विराटनगर । इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । आज बिहान पालिकाको कार्यालय अगाडि फेला परेकाे शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।

अज्ञात समूहले उपमहानगरको कार्यालय अगाडिको घुम्ती पसल स्थित कालो झोलामा प्लाष्टिकको झोलामा शंकास्पद वस्तु राखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीलाई गरिएको खबरमा उपमहानगरसँगै भोटेपुल र बुढी खोला पुल मुनि पनि बम राखेको दाबी गरिएको थियो ।

भोटेपुलमा शंकास्पद बस्तु फेला परेन । बुढीखोला पुल मुनि एउटा बोरा फेला परेको थियो ।

शंकास्पद देखिएको बोरा पनि डिस्पोज गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।

आफूलाई राजावादी बताउने समूहले तीन स्थानमा बम राखेकाे भन्दै प्रहरीलाई खबर गरेकाे थियाे ।

प्रहरीले एक स्थानमा मात्रै कुकुरलाई तारले बेरेकाे अवस्थामा फेला पारेकाे थियाे । शंकास्पद बस्तु राख्ने र प्रहरीलाई खबर गर्ने व्यक्तिकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.