दुहबीमा विद्यार्थीलाई नियम सिकाउँदै ट्राफिक प्रहरी

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १९, शुक्रबार १६:५१

दुहबी । सुनसरीको गढी गाउँपालिका–३ छिटाहामा रहेको राजाजी इङ्लिस बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

प्रिन्सिपल राजाराम मेहताले ट्राफिक प्रहरीसँगको सहकार्यमा ४ देखी ७ कक्षासम्मका विद्यार्थीका लागि सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिए । उनका अनुसार कार्यक्रममा विद्यार्थीलाई ट्राफिक नियम, ट्राफिक चिन्ह, दुर्घटनाको जोखिम न्यूनीकरणका उपायहरू, नियम उल्लंघन गर्दा हुने दण्ड सजाय तथा ट्राफिकसँग सम्बन्धित अन्य विषयहरूमा आवश्यक जानकारी दिइएको थियो ।

ट्राफिक प्रहरी पोस्ट दुहबीको सहकार्यमा कार्यक्रम गरिएको जानकारी मेहताले दिए । ट्राफिक प्रहरीले निजी तथा सरकारी स्कुलमा ट्राफिक नियम सम्बन्धी तालिम दिने गरेको छ ।

प्रिन्सिपल मेहताका अनुसार ट्राफिक प्रहरी पोस्ट दुहबीका सहायक हवल्दार युवराज खड्कासहितको टोलीले विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धी जानकारी गराएको हो । ट्राफिक प्रहरीले विद्यार्थीलाई श्रव्यदृश्य सामग्रीसहित प्रशिक्षण दिने गरेको छ ।

ट्राफिक प्रहरी पोस्ट दुहबीका इन्चार्ज एवं सइ सुन्दरश्याम पोखरेलले विद्यार्थी लक्षित ट्राफिक कक्षा सञ्चालन गर्ने गरिएको बताए । ‘सवारी दुर्घटना दिन प्रतिदिन बढ्दो छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यार्थीलाई प्रशिक्षण दिने गरिएको हो,’ उनले भने ।

दुहबीमा रहेका सामुदायिक र निजी विद्यालयमा विद्यार्थी लक्षित प्रशिक्षणलाई तीव्र पारिएको पोखरेलले बताए । जनचेतनामूलक सन्देशलाई विद्यार्थीमार्फत समुदायमा पुर्याउन सहज हुने ट्राफिकको बुझाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.