
काठमाडौं । काठमाडौंमा मृत भेटिएकी युवतीसँगै होटलमा बसेका युवक पनि मृत भेटिएका छन् । पिंगलास्थानस्थित बागमती होटलको कोठा नम्बर ३०८ मा बुधबार २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् । युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक आज मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ओखलढुंगाका देवबहादुर थापा युवतीसँग सोही होटलमा बसेका थिए । घटनापछि फरार रहेका ती युवक शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । ओखलढुंगा डिएसपी कृष्ण खड्काले थापा आज मृत भेटिएको जानकारी दिए ।

























