
विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीले २१ दिनमा २५८ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
२०८१ पुस १ गतेदेखि पुस २१ गतेसम्मको अवधिमा २५८ जना फरार प्रतिवादी पक्राउ गरेको हो ।
फैसला कार्यान्वयन अभियान अन्तरगत सुनसरी जिल्ला अदालतबाट फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा उपस्थीत गराइएको सुनसरी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद तिम्सिनाले जानकारी दिए ।
जिल्ला र मातहतका कार्यालयले २१ दिनमा विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ गरेकाे बताए ।

























