बेलबारी र सुन्दरहरैँचा सवारी दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

Share this
803shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २५, बिहीबार ०७:३३
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङमा सवारी दुर्घटनामा परी दुई महिलाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

बुधबार बेलुका करिब साढे ७ बजे पूर्वपश्चिम राजमार्गकाे सुन्दरहैँचा नगरपालिका– ९ नागदेवी खण्डमा मोटरसाइकल र स्कुलटर दुर्घटना हुँदा एक जना र बेलबारी नगरपालिका– १० मा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार नागदेवी भन्ने स्थानमा प्र१–०२–०४९ प ३७१८ नम्बरको मोटरसाइकल र प्र १–०२–०५१ प ७६३५ नम्बरको स्कुटर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्कुटर चालक मोरङ सुन्दरहरैचा नगरपलिका– ९ बस्ने ३८ वर्षीया प्रमिला श्रेष्ठको मृत्यु भएको हो । सवारी दुर्घटनामा गम्भीर घाइते उनको विराट नर्सिङहोम विराटनगरमा भर्ना गरिएकाे थियाे । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । मोटरसाइकल चालक सुनसरी इटहरी बस्ने ४० वर्षीय नबिन सिंह ठकुरी घाइते भएका छन् । उनको बिराट नर्सिङहोममा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बेलबारी नगरपालिका– १० चाँदनी चोक स्थित भित्री सडक खण्डमा बेलबारी नगरपालीका १०४–२०८१–८२ नम्बरको सिटीसफारी आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा सिटीसरीमा सवार सोही स्थानकी ५० वर्षीया मायादेवी राजवंशीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनको बिराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । सिटी सफारी चालक सोही स्थानका ५० वर्षीय भुपे दाहाल पनि घाइते छन् । उनको बिराट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.