माघबाट बैशाखमा सर्याे काेशी प्रदेशकाे लगानी सम्मेलन

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २५, बिहीबार ११:३७

विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्ने पहिलाे लगानी सम्मेलन सरेकाे छ । सरकारले माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने निर्णय गरेको थियो । तर तयारी नपुगेकाे भन्दै बिहीबार बसेकाे मन्त्रीपरिषद् बैठकले बैसाख १८ र १९ गते लगानी सम्मेलन गर्ने निर्णय गरेकाे हाे ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग संगठन मोरङलाई व्यवस्थापनको जिम्मा दिन खोजेपछि निजी क्षेत्र दुई भागमा विभाजित भएको थियो । उद्योग संगठन माेरङले  माघ ११ गतेबाट आयोजना गर्ने विराट एक्स्पोमा नै लगानी सम्मेलन गर्ने तयारी गरेको थियो । नेपाल उद्योग परिसंघ कोशी प्रदेशसहित एउटा पक्षले एक्स्पोमा लगानी सम्मेलन गर्न नहुने पक्षमा थियो । निजी क्षेत्रको अर्काे पक्ष भने एक्स्पो गर्नुपर्ने पक्षमा थियो ।

निजी क्षेत्र विभाजित भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार आफैले लगानी सम्मेलन गर्ने बताएका थिए । तर तयारीका लागि समय नपुगेको भन्दै बिहीबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन बैशाखमा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । परियोजनाहरूको सोकेसिङ, कानुनको  संशाेधन र खरिद प्रकृया मार्फत् काम गर्नका लागि समय अभाव भएकाले लगानी सम्मेलन सार्ने निर्णय भएको उनले बताए ।

कोशी प्रदेश सरकारले लगानी सम्मेलनबाट १ खर्बको लागानी भित्र्याउने लक्ष्य राखेको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.