
विराटनगर । बम रहेकाे हल्ला चलेपछि पूर्वपश्चिम राजमार्गको मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ खण्डमा नेपाली सेना र नेपाल प्रहरीकाे टाेली खटिएकाे छ ।
द्वन्द्वकालमै राखिएकाे बम रहेको सूचना आएपछि सेना र प्रहरीकाे टाेलीले खोजी सुरु गरेको हाे ।
जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहैचा– ७ को मालती पुल आसपास द्वन्द्वकालको बम रहेको सूचना आएको थियो ।
राजमार्ग बिस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि प्रहरीले खोजी सुरु गरेको हो ।
शंकास्पद बस्तु हुनसक्ने हल्ला पछि नेपाली सेनाको प्राविधिक टोलीसहित खोजी सुरु गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

























