काठमाडौं अदालतमा उपस्थित हुँदै रवि लामिछाने

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २८, आइतबार ०८:२७

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौंमा उपस्थित हुँदैछन् ।

उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दा काठमाडौं अदालतमा दर्ता भएको छ । सोही मुद्दाको बयानका लागि उनी अदालतमा उपस्थित हुन लागेका हुन् ।

लामिछाने उपस्थित भएपछि अदालतमा उनको बयान हुने छ । त्यसपछि थुनछेक बहस हुने बताइएको छ । बहस सकिएपछि उनलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने अर्थात धरौटीमा वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिने छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर मिसिल (अनुसन्धान प्रतिवेदन) गत पुस २१ गते सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो ।

मिसिलका आधारमा अभियोगपत्र तयार पार्दै वकिल कार्यालयले लामिछानेसहितलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । स्वर्णलक्ष्मी सहकारीबाट ६ सय ९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना भएको र त्यसमा लामिछानेको संलग्नता रहेको दाबीसहित मुद्दा दायर भएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । अदालतले ६५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै ८४ दिनपछि गत बिहीबार साँझ उनी हिरासत मुक्त भएका हुन् ।

त्यहाँबाट छुटे पनि शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिएको थियो । तर, समय अभावको बहाना बनाएर उनी काठमाडौं अदालतमा हाजिर भएनन् ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.