रवि लामिछानेलाई थुनामै पठाउन सरकारी वकिलको माग

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २९, सोमबार १४:४०

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउनुपर्ने माग सरकारी वकिलहरुले गरेका छन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा दर्ता भएको मुद्दामा थुनछेक बहस जारी छ । अहिले सरकारी वकिलको बहस भइरहेको छ । बहसका क्रममा उनीहरुले लामिछानेलाई थुनामै पठाउनुपर्ने माग गरेका हुन् ।

सरकारी वकिलले रविलाई थुनामा नपठाउँदा प्रमाण नष्ट गर्ने दाबीसमेत गरेका छन् । सरकारी वकिलले भने, ‘कास्की अदालतले गरेको आदेश बिर्सिदिनुस् श्रीमान्, रवि लामिछानेलाई थुनामै पठाउनुपर्छ ।’

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशबाट ६५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका थिए । जिल्ला अदालत काठमाडौंले पनि पुर्पक्षका लागि थुनामा नपठाउने हो कि भन्ने आशंका व्यक्त गर्दै सरकारी वकिलहरुले प्रमाण नष्ट हुन नदिन लामिछानेलाई थुनामै पठाउनुपर्ने जिकिर गरेका छन् ।

काठमाडौं अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको छ । रविविरुद्धको मुद्दामा ११ जना सरकारी वकिलले बहस गर्ने छन् । सरकारी वकिलको बहस सकिएपछि रवि पक्षका वकिलको बहस सुरू हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.