स्वर्णलक्ष्मी सहकारीको बहस सकिएन, रवि हिरासतमै रहने

Share this
636shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २९, सोमबार १६:४३

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण  सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अदालतमा आफै हाजिर भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने अझै दुई दिन न्यायीक हिरासतमा रहने भएका छन् ।

थुनछेक बहस नसकिएपछि उनी हिरासतमा रहने भएका हुन् ।

बिहीबार सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा ६५ लाख धरौटीमा रिहा भएका रवि आइतबार स्वर्णलक्ष्मीको बयानका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

आइतबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान भएको थियो । आजबाट बहस सुरु भयो । सुरुमा पीडित र सरकारी वकिलको बहस गरे, समय अभावका कारण लामिछाने पक्षधरले आज बहस गर्न पाएनन् ।

मंगलबार सार्वजनिक बिदामा रहने भएकाले लामिछाने बुधबारसम्म न्यायीक हिरासतमा रहनेछन् । बुधबारबाट उनको निरन्तर सुनुवाइ हुनेछ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.