
काठमाडौं । माघे संक्रान्तिका दिन आज (मंगलबार) मुलुकभरको मौसम यस्तो रहेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । तराईका केही ठाउँमा बिहान बाक्लो हुस्सु लागेको छ । त्यो क्रमस हट्ने क्रममा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली क्षेत्रमा दिउँसो आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ । राति मौसम सफा रहने छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
कोशीसहित सबै प्रदेशको मौसम मुख्यता सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

























