
विराटनगर । विराटनगरबाट प्रहरीले मंगलबार बिहानका राति लागुऔषध गाँजा बरामद गरेको छ ।
विराटनगर महानगरपालिका–१८ रेल–वेबाट १६ किलोग्राम गाँजा बिहान करिब १ बजेतिर बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुधनगरबाट सइ राजन कार्कीको नेतृत्वमा खटिएको टोलीले गाँजा फेला पारेको हो ।
कालो प्लाष्टिकको बोरामा बोकेर भारततर्फ लैजाँदै गरेका व्यक्ति प्रहरीलाई देख्नसाथ गाँजा छाडेर फरार भएका थिए । फरार भएकाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । यस विषयमा इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

























