
काठमाडौं । काठमाडौंको काँडाघारीबाट बुधबार बिहान साढे ४ क्वीन्टल भन्दा बढी रक्तचन्दन बरामद भएको छ ।
बोरामा प्याक गरेको अवस्थामा नेपाली प्रहरी अपराध अनुसन्धान कार्यालयको टोलीले ४ सय ६२ किलो रक्तचन्दन बरामद गरेको हो । रक्तचन्दनसहित पक्राउ परेका दुई जनाको विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

























