
काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनी अभद्र व्यवहारकाे आराेपमा पक्राउ परेकी हुन् ।
पुस २८ गते नै अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।
प्रहरी वृत्त स्वयम्भूको टोलीले आज बुधबार दिउँसो तामाङलाई पक्राउ गरेको हो ।
तामाङलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।
पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान गर्न तामाङलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

























