
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका छन् ।
बुधबार थुनछेक बहसपछि अदालत परिसरमा लामिछानेका समर्थकले सहकारी पीडितको पक्षमा बहस गरेका त्रिपाठीमाथि आक्रमणको प्रयास गरेकाे हुन् ।
लामिछानेका समर्थकले आक्रमण गर्न खोजेपछि प्रहरीले त्रिपाठीलाई सुरक्षित स्थानमा लगेकाे थियो ।
लामिछाने प्रतिवादी रहेकाे स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकाे थुनछेक आदेश आज आउदैछ ।

























