
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ६० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।
गत बिहीबार जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ६५ लाख धराैटीमा छाड्ने आदेश दिएको थियाे । कास्कीमा ६५ लाख धराैटी बुझाएर लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए ।

























