कास्की र काठमाडौंमा रविले बुझाए १ करोड २५ लाख धरौटी, रुपेन्देही र चितवनमा अनुसन्धान जारी

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २, बुधबार २२:११

काठमाडौं । सहकारीको बचत अपचलन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दुई जिल्लामा एक करोड २५ लाख धरौटी बुझाएका छन् । अझै दुई जिल्लामा उनीविरुद्धको मुद्दाको अनुसन्धान जारी छ ।

बिहीबार पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन, संगठित अपराध र सम्पति शुद्धिकरण मुद्दामा जिल्ला अदालत कास्कीको आदेशपछि लामिछानेले ६५ लाख धरौटी बुझाएका थिए ।

बुधबार काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा ६० लाख धरौटी बुझाएका हुन् ।

बिहीबार कास्कीमा धरौटी बुझाएर छुटेका लामिछाने आइतबार स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दाको बयानका लागि हाजिर भएका थिए ।

तीन दिन न्यायीक हिरासतमा बसेका लामिछानेलाई थुनछेक बहसपछि जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलसाले ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेशपछि ६० लाख बराबरको बैंक ग्यारेन्टी बुझाएर लामिछाने हिरासतमुक्त भएका थिए । पोखरामा पनि उनी बैंक जमानत बुझाएर छुटेका थिए ।

इलाका प्रहरी कार्यालय, बुटवलले सुप्रिम सहकारी ठगीमा अनुसन्धान गरेर लामिछानेलाई प्रतिवादी बनाउनु पर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ । दुई जिल्लामा उनी आफै अदालतमा उपस्थित हुनेछन् ।

बुधबार काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको १ अर्ब १९ करोड रुपैयाँ अनियमितता प्रकरणमा रास्वपा सभापति लामिछाने ‘कसुरदार छैनन् भन्न सकिएन’ भन्दै धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।

बुधबार छुटेपछि लामिछानेले न्यायालयलाई धन्यवाद दिएका छन् । ‘न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु’, उनले भनेका छन्, ‘न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु ।’

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.