
पोखरा । सामाजिक अभियान्ता डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुतिरहेको फोटो सार्वजनिक गरेपछि उनीविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध)को मुद्दा दर्ता भएको थियो ।
शुक्रबार न्यायाधीश शंकरबहादुर राईको इजलासले ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो ।
भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गरेको थियो ।

























