फाइल तस्बिरविराटनगर । हात्तीको आक्रमणबाट मोरङ एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति करिब १२ बजे हात्तीको आक्रमणबाट सुन्दरहरैँचा नगरपालीका– ८ भृकुटी टोलका ७३ वर्षीय हरिप्रसाद घिमिरेको मृत्यु भएको हो ।
राति घरबाट निस्किएको अवस्थामा नजिकै रहेको जंगलबाट आएको हात्तीले उनलाई आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएकाे छ ।
प्रहरीका अनुसार मृतक घिमिरको घरबाट जंगल करिब १७ मिटर टाढा छ ।

























