क्रिकेट मैदानको ताला नखुल्दा बाहिरैबाट फर्किए प्रचण्ड

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ५, शनिबार १२:२३

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको बाहिरबाट निरिक्षण गरी फर्किएका छन् ।

मैदानको अवलोकनका लागि शनिबार बिहान रंगशाला पुगेका प्रचण्ड गेट बन्द भएका कारण बाहिरैबाट फर्किएका हुन् । क्रिकेट मैदानकाे चाबी नेपाल क्रिकेट संघ क्यान मोरङसँग छ । प्रचण्ड मैदानमा पुग्दा संघका प्रतिनिधि पुगेनन् ।

विराटनगर महानगरपालिका–१९ स्थित क्रिकेट मैदानको दाहालले निरीक्षण गर्ने कार्यक्रम शुक्रबार तय भएको थियो । दाहाल मैदान पुग्नुअघि नै माओवादीका स्थानीय नेताहरु फूलमालासहित पुगेका थिए । तर उनीहरुले मूल ढोकामा लगाइएको चाबी कससँग छ भन्ने यकिन गरेनन् । माओवादीका स्थानीय नेताले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग फोन सम्पर्क गर्दा मैदान रुग्न बसेको एक वृद्धसँग चाबी छ भनेको थिए । तर, उनीहरुले ति वृद्धसँग कुरा गर्दा चाबी क्रिकेटवालाहरुले लग्ने गरेको र आफूलाई नदिनेको बताएका थिए ।

क्रिकेट मैदानको मूल ढोकामा लगाइएको चाबी केहीले फोड्ने र केहीले फोड्ने कुरा भइरहँदा बिहान १० बजेको समयमा पूर्वप्रधानमन्त्री दाहाल मैदान पुगेका थिए । उनी पुग्दै गर्दा एक जनाले चाबीमा ढुंगा प्रहार गर्दै गर्दा एक जना माओवादी स्थानीय नेताले भइहाल्यो अध्यक्षज्यू आइपुग्नु भयो, अब चाबी नफोड्यौं भनेपछि फोड्ने काम राेकियाे । क्रिकेट मैदानको मूल ढोकाको चाबी नखुलेपछि पूर्वप्रधानमन्त्री दाहालले मैदान बाहिरबाट निरीक्षण गरे ।

मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद बाबु साद कुरिसीले पूर्वप्रधानमन्त्री दाहाल मैदानको निरीक्षण गर्न आउने कार्यक्रमबारे आफूलगायत क्रिकेट संघ वा अन्य क्रिकेटका व्यक्तिलाई जानकारी नभएको बताए । उनले भने,’पूर्वप्रधानमन्त्री मैदानमा आउने थाहा पाएको भए सबै बिहानै मैदान पुगेर चाबी खोल्ने मात्रै नभई हाम्रो समस्या प्रत्यक्ष रुपमा राख्न पाउने थियौं ।’ 

बाहिरबाट मैदानकाे अवलोकनपछि प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व तथा शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाम राखेर राष्ट्रिय गौरवको आयोजनामा आफूले राखेको बताए ।  ‘पहिले यो रंगशालाको नाम झापा वैजनाथ खेलमैदान थियो, म प्रधानमन्त्री भएकाले बेलामा विस्तृत शान्तिसम्झौताका एक हस्ताक्षरकर्ता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख नेताको नामबाट यसलाई अघि बढाइएको छ’ प्रचण्डले भने,‘यो राष्ट्रिय गौरवको आयोजना हुनु पूर्वी नेपालकै खेल क्षेत्र र समग्र विकासका लागि महत्वपूर्ण छ । यसलाई छिटोभन्दा छिटो निर्माण गरियोस्, म प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पनि यसलाई अघि बढाउन सहयोग गर्नेछु ।’

प्रचण्डले छिटो अघि बढाउनु भनेको रंगशालाको काम सुरु भएको २६ वर्ष भयो । २०५५ सालमा ८५ लाख लागतमा १५ विगाहा ५ कट्ठा जग्गा खरिद गरेर मल्टी प्रपोज रंगशाला निर्माण सुरु भएको थियो । गत वर्ष मात्रै राष्ट्रिय गौरबको आयोजनामा पर्याे । तर,सरकारको प्राथमिकतामा नपर्दा काम अघि बढेको छैन । भएका संरचना पनि प्रयोग बिहिन छन् ।

यो स्थानमा अन्तराष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला, अन्तराष्ट्रिय स्तरकै फुटबल रंगशाला, एथलेटिक्स ट्रयाक, मल्टिप्रपोज कभर्ड हल, बास्केटबल कोर्ट, भलिबल कोर्टललगायतका संरचना निर्माण गर्ने मास्टर प्लान छ । सुटिङ र सफटेनिस कोर्ट कोर्टको संरचना तयार छ । सातौं राष्ट्रिय खेलुकदमा प्रयोग भएको क्रिकेट रंगशालामा बेलाबेला खेल हुन्छ । फुटबल मैदानमा स्थानीय युवाहरु प्राक्टिस गर्छन् ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.