एसएसपीमा सिफारिस भएका ढकाललाई डीआईजी अधिकारीले दिए बधाई

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ७, सोमबार १९:०५

विराटनगर । नेपाल प्रहरीको एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)मा बढुवा सिफारिस भएका एसपी (प्रहरी उपरीक्षक) प्रभुप्रसाद ढकाललाई कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी (प्रहरी नायव महानिरीक्षक) राजन अधिकारीले बधाई दिएका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरमा धन्यवाद तथा शुभकामना कार्यक्रमको आयोजना गरेर सोमबार ढकाललाई अधिकारीले बधाई एवं शुभकामना दिएका हुन् । डीआईजी अधिकारीले ढकाललाई मायाको चिनोसमेत प्रदान गरेका छन् । एसपी ढकाल इलाम प्रहरी प्रमुख थिए ।

ढकाल नेपाल प्रहरीको जनपद समूहतर्फको एसपीबाट पुस २९ गते एसएसपी बढुवाका लागि सिफारिस भएका हुन् । ढकालसँगै अन्य २५ जना एसपीहरु एसएसपी बढुवाका लागि सिफारिसमा परेका थिए ।

धन्यवाद तथा शुभकामना कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहाल, एसपी हरि डंगोललगायतका सिनियर तथा जुनियर प्रहरी अधिकृत उपस्थित थिए ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.