
काठमाडौं । खानेपानी माग गर्दै धरान उपमहानगरपालिका प्रमुख हर्क सम्पाङ (हर्कराज) सिंहदरबार पुगेका छन् ।
खानेपानी माग्दै रित्तो गाग्री बोकेर साम्पाङ सिंहदरबार पुगेका हुन् ।
संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन उनी रित्तो गाग्री बोकेर सोमबार काठमाडौं पुगेका थिए । तर रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्न पाएनन् । गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनी गाग्री बाहिर राखेर मन्त्रालय प्रवेश गरेका हुन् ।

























