इटहरीमा ‘कोशी एक्सिलेन्स अवार्ड, २०८१’ हुने

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ९, बुधबार ०६:२८

इटहरी । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले सुनसरीको इटहरीमा ‘कोशी एक्सिलेन्स अवार्ड, २०८१ गर्ने भएको छ ।

प्रदेश खबरले स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको अवसर पारेर आगामी फागुन ७ गते ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गर्ने भएको हो। मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले विज्ञप्तिमार्फत कोशी प्रदेशमै पहिलोपटक हुन लागेको अवार्ड विभिन्न १३ विधामा प्रदान गर्न लागिएको जनाएका छन् ।

अधिकारीका अनुसार शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्स विधामा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरूलाई अवार्ड प्रदान गरिने छ । अवार्ड वितरणलाई पारदर्शी बनाउन ४ सदस्यीय निर्णायक समितिसमेत छनोट गरिएको उनले बताए ।

अहिले निर्णायक समितिले अवार्ड प्राप्त गर्ने व्यक्ति वा संस्था छनोटको काम गरिरहेको छ । कोशी प्रदेशमा जन्मिएर आफ्नो कार्य क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तिहरूलाई अवार्ड प्रदान गर्न लागिएको अधिकारीले बताए ।

‘कोशी एक्सिलेन्स अवार्ड,२०८१’ कार्यक्रमका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिको रूपमा रहने छन्। इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा हुने कार्यक्रममा विभागीय मन्त्रीहरूसहित सरकारी ओहदाका विशिष्ट व्यक्तिहरू, विभिन्न पालिकाका प्रमुख तथा जनप्रतिनिधिहरूसहितको उपस्थिति हुने अधिकारीले बताए ।

कार्यक्रम संयोजक विवेक रेग्मीले उक्त अवार्ड कार्यक्रमले कोशी प्रदेशको व्यापार, व्यवसाय प्रवर्धनसँगै पर्यटनको क्षेत्रमासमेत टेवा बताए । ‘यो कार्यक्रमले व्यापारको प्रवर्धनसँगै पर्यटन क्षेत्रमा पनि टेवा पुग्नेछ,’ उनले भने, ‘कोशी प्रदेश सरकारले भ्रमण वर्ष २०८१ को तयारी गरिरहँदा हाम्रो यस कार्यक्रमले कोशीको पर्यटनलाई केही हदसम्म भए पनि प्रवर्धन गर्ने विश्वास लिएका छौँ ।’

कम्पनीले गत वर्ष प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरी पत्रकारितासहित विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरेको थियो । यसवर्षको अवार्ड कार्यक्रम व्यवस्थापनको जिम्मा काफल्स इटहरीले लिएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.