
चितवन । चितवनमा गैँडाको आक्रमणबाट घाइते भएका एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । माघ ३ गते गैँडाले आक्रमण गर्दा उनी घााइते भएका थिए ।
उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार भण्डारीलाई माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको हो ।

























