मोरङको सुनवर्षीमा नालीमा टाउको डुबेको अवस्थामा पुरुषको शव फेला

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ९, बुधबार ११:३५

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–४ काशीजान टोलस्थित नालीमा टाउको डुबेको अवस्थामा बुधबार बिहान एक जना पुरुषको शव फेला परेको छ ।

सुनवर्षी–४ खिर्कीडाँगीका अन्दाजी ५५ वर्षीय कात्तिकलाल सुतिहार मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार शव फेला परेको भनेर बिहान ८ः३० बजेतिर प्रहरीलाई घटनाको जानकारी आएको हो ।

सडकको नालीमा टाउको डुबेको अवस्थामा शव र घटनास्थलमा साइकलसमेत फेला परेको जोशीले बताए। काशीजान टोलबाट साइकलमा खिर्कीडाँगीस्थित घरतर्फ फर्कने क्रममा मंगलबार राति घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

‘घटनाको प्रकृति हेर्दा रातको समयमा हिलाम्य सडकमा साइकल चिप्लिएर टाउको नालीमा बज्रदा घटना भएजस्तो देखिन्छ । टाउको नालीमा बज्रिएपछि उठ्न नसकेको हो कि भन्ने हो । नालीमा करिब २–३ फिट पानी जमेको रहेछ । त्यही पानीमा टाउको डुबेको अवस्थामा शव फेला परेको हो,’ प्रहरी स्रोतले भन्यो । प्रहरीका अनुसार घटनास्थलमै लडिरहेको अवस्थामा साइकल फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा शवलाई घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान अघि बढाइएको डीएसपी जोशीले बताए ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.